काठमाडौं – पटक-पटक कर छली गर्दै आएको एनसेलले पछिल्लो पटक सर्वोच्च अदालतको आदेलाई समेत नमान्ने संकेत गरेको छ ।
आफूहरु सबै कर तथा दायित्व भुक्तानी गरिसकेको भन्दै केही अनलाइन तथा सञ्चार माध्यममा विज्ञापन छपाएर उसले कर नतिर्ने जनाएको छ ।
सर्वोच्चले मंगलबार मात्रै तीन महिना भित्र सबै प्रकारको कर तथा दायित्व तिर्न आदेश दिएको थियो । तर बुधबार एनसेलले सर्वाेच्च अदालतको आदेश प्रति आपत्ति जनाएको छ । एनसेलले एक विज्ञप्ति प्रकाशित गर्दै कम्पनीले कानुनी उपचारको बाटो समेत बन्द हुने गरि सर्वाेच्च अदालतबाट आएको फैसलाले नेपालमा वैदेशिक लगानी समेत निरुत्साहित हुने जिकरि गरेको छ ।
एनसेलले आफ्नो भागमा पर्ने कर तिरिसकेको दावी पनि गरेको छ । एनसेलले पुँजीगत लाभकर तिर्ने दायित्व आफ्नो नभएको दावी पनि गरेको छ र अदालतलाई निर्णय पुनर्विचार गर्न अनुरोध समेत गरेको छ । सर्वाेच्च अदालतको आदेशबारे आफुहरुले अध्ययन गरिरहेको पनि स्पष्ट पारेको छ ।
एनसेलले नाफा फिर्ता लैजान नपाउने आदेश प्रति पनि आपक्ति जनाएको छ । कम्पनीले एक करोड ६३ लाख उपभोक्ता र ९३ हजार ८ सयलाई प्रत्यक्ष अप्रत्यक्ष रोजगारी र सबै भन्दा ठुलो करदाता कम्पनीका रुपमा आर्थिक बर्ष २०१४÷१५ देखि १ खर्ब २५ अर्ब ६८ करोड राजश्व बुझाएको जिकरि गर्दै कर तिर्न अटेर गरेको छ ।
प्रतिक्रिया