काठमाडौं – नेपाल राष्ट्र बैंकले बजारमा रकमको अभाव देखिएपछि धमाधम वित्तीइ उपकरणहरु प्रयोग गर्दे आएको छ । सोही क्रममा पछिल्लो एक सतामा मात्रै बैंकले १५ अर्ब रुपैयाँ बराबरको रिपो जारी गरिसकेको छ ।
बैंकिङ प्रणालीमा तरलता प्रवाह गर्न बैंकले एकै पटक रु १५ अर्ब को रिपो जारी गरेको हो । केन्द्रीय बैंकले एक हप्ता अवधिको रिपो जारी गरेको हो । रिपोका लागि निश्चित प्रतिशत भन्दा माथि ब्याज कबुल गर्नु पर्ने व्यवस्था गरिएको छ । अन्तर बैंक ब्याज दरलाई सीमामा ल्याउन रिपो जारी गरेको बताइएको छ ।
चैत मसान्तमा प्रणालीबाट कर राजश्व बुझाउन सरकारी खातामा जानसक्ने संभावनालाई आँकल गर्दै केन्द्रीय बैंकले पैसा बजारमा पठाउन लागेको हो । अहिले अन्तर बैंक ब्याज दर ६ प्रतिशत हाराहारी छ । हाल बजारमा तरलता रु ३० अर्ब बराबरको छ ।
सरकारले आम्दानी करको दोस्रो किस्ता चैतमा उठाउँछ । त्यसैले बैंकमा अभाव हुन सक्ने भन्दै पैसा पठाइएको बताइएको छ ।
प्रतिक्रिया