काठमाडौं – नेपाल राष्ट्र बैंकले शनिबार वा विदाको दिन पनि बैंक तथा वित्तीय संस्थाको शाखा खोल्न कडा परिपत्र गरेको छ ।
चैत मसान्तको शनिवार परेकाले राजश्व बुझ्ने बैंकका शाखाहरु अनिवार्य रुपमा खोल्न राष्ट्र बैंकले निर्देशन दिएको होे ।
अर्थमन्त्रालयको आग्रहमा केन्द्रीय बैंकले २०७५ चैत ३० गते शनिवार पनि राजश्व प्रयोजनका लागि कार्यालय खोल्न निर्देशन दिएको हो । यसैगरी बैशाख १ गते सबै नेपालीको बैंक खाता अभियान सुरु हुने भएकाले त्यसदिन बाणिज्य बैंकहरुले शाखा खोल्ने निर्णय गरेका छन् ।
बैंकर्स संघको आग्रहमा सदस्य बैंकहरुले खाता खोल्नका लागि शाखा खुला राख्ने निर्णय गरेका हुन ।
प्रतिक्रिया