एटिएम फोडी चोरी गर्ने क्रममा पक्राउ

७ बर्ष अगाडि

काठमाडौं –  काठमाडौं महानगरपालिका–३१ तिनकुनेस्थित एनसिसि बैंकको शाखा कार्यालयमा रहेको एटिएम मेसिन फोडी चोरी गर्ने क्रममा सोही महानगरपालिका–३२ बस्ने रामेछापका १८ वर्षीय विशाल तामाङलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

विशालको साथबाट प्रहरीले एटिएम मेसिन फुटाउन प्रयोग गर्ने हतौडा १ थान, फलामको छिनो १ थान र मार्तोल १ थान समेत बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया