पेट्रोलियम पदार्थमा मूल्यवृद्धि, अब पेट्रोल प्रतिलिटर रु १०६

७ बर्ष अगाडि

काठमाडौँ - नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । 

निगमले स्वतःसञ्चालित मूल्य संरचनाबमोजिम पेट्रोलमा प्रतिलिटर रु एक तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु दुई/दुई मूल्य वृद्धि गरेको जनाएको छ । 

समायोजित नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु १०६ र डिजेल तथा मट्टितेल प्रतिलिटर रु ८७ कायम भएको छ । 

स्वतः सञ्चालित मूल्य संरचनाअनुसार बिक्री मूल्य समायोजन गर्दा निगमको अर्ध मासिक नाफा करीव रु २१ करोड हुने देखिएको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया