बैशाख ५ गते नेपाल बन्द, ६ गतेबाट प्रधानमन्त्री ओली जहाँ जान्छन्, त्यहि बन्द

७ बर्ष अगाडि

काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बैशाख ५ गते नेपाल बन्दको घोषणा गरेको छ । 

विप्लव नेतृत्वको पार्टीले बैशाख ६ गतेबाट भने प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने स्थानमा बन्द गर्ने घोषणा गरेको छ । 

सोमबार एक विज्ञप्ति जारी गर्दै सो पार्टीले आगामी बैशाख ६ गतेदेखि लागू हुने गरी प्रधानमन्त्री सहभागी हुने स्थानमा बन्द गर्ने घोषणा गरेको हो ।

आफूहरुमाथि लगाइएको प्रतिबन्ध विरुद्ध प्रधानमन्त्री सहभागी हुने स्थानमा बन्द गर्ने सो समूहले घोषणा गरेको हो। ओली सरकारको फासीवादी दमनको प्रतिरोध गर्न विरोधका कार्यक्रम घोषणा गरेको सो समूहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैशाख ६ अघिबाट नै लागू हुने गरी विभिन्न कार्यक्रम घोषणा गरेको विप्लव समूहले चैत २६ देखि २९ सम्मा आफुहरुमाथि लगाइएको प्रतिबन्धको विरोधमा पर्चा वितरण तथा भन्डाफोर अभियान चलाउने कार्यक्रम तय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

विज्ञप्ति:

 

७ बर्ष अगाडि

प्रतिक्रिया