नेपाली काँग्रेस र राप्रपा परित्याग गर्नेलाई अध्यक्ष प्रचण्डद्वारा पार्टीमा स्वागत

७ बर्ष अगाडि

चितवन – नेपाल कम्यनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले नेपाली काँग्रेस र राप्रपा परित्याग गरी पार्टीमा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई आज स्वागत गरेका छन्  । 

चितवनको माडी नगरपालिकामा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले अबिर र हँसिया हतौडा अंकित टोली लगाई पार्टीमा स्वागत गरेका हुन्  ।

यसरी प्रवेश गर्नेहरुमा माडी नगरपालिका वडा नं. १ का नेपाली काँग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरु उत्तम न्यौपाने, अर्बिन काफ्ले र दशरथ भण्डारी रहनुभएको छ । त्यसैगरी राप्रपाबाट सुरज कार्की, मनोज राई, प्रेम न्यौपाने, राजकुमार राई, डोरबहादुर कार्की, श्याम नेपाली, विशाल सापकोटा, नवराज राई, भिमबहादुर राई, सुजन कुमाल, जीवन नेपाली, रवीन्द्र कार्की यन्द्र प्रसाई, प्रताप प्रसाई, दुर्गा प्रसाई, रोशन भट्टराई, हेम राई, गोपाल नेपालले नेकपामा प्रवेश गरेका हुन् । 

७ बर्ष अगाडि

प्रतिक्रिया