काठमाडौं – हिमाल पावर दोलखाले रु ७८ करोडको प्राथमिक शेयर निष्काशन गर्ने क्रेडिट रेटिङ गराएको छ।
केयर रेटिङ नेपालले गरेको रेटिङ अनुसार कम्पनीले मध्यम किसिमको वित्तिय अवस्था जनाउने रेटिङ प्राप्त गरेको छ । प्राथमिक शेयर निष्काशनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको
कम्पनीले दोलखा जिल्लामा दुई वटा जलविद्युत आयोजना निर्माण गरेको छ। कम्पनीको पहिलो आयोजना ४.५५ मेगावाट क्षमताको माइ खोला स्मल हाइड्रोपावर प्रोजेक्ट र दोस्रो आयोजना ८ मेगावाट क्षमताको माइ स्मल क्यासेड हाइड्रोपावर निर्माण गरेको छ।
कम्पनीले निर्माण गरेको पहिलो आयोजनाको लागत रु ७२ करोड ५० लाख रहेको छ । प्रतिमेगावाट लागत रु १६ करोड १० लाख छ । जसमा ७५.१३ प्रतिशत ऋण र २४.८७ प्रतिशत शेयर पूँजीबाट जुटाउने तयारी छ । त्यस्तै दोस्रो आयोनाको जम्मा लागत रु एक अर्ब ४२ करोड रहेको छ। प्रतिमेगावाट लागत रु १७ करोड ८० लाख छ ।
प्रतिक्रिया