बंगलादेशमा पनि उस्तै सुन तस्करी, ट्वाइलेटबाट निकालियो २३ किलो सुन

७ बर्ष अगाडि

काठमाडौं – सुन तस्करी नेपालमा मात्रै होइन विदेशमा समेत उस्तै हुने गरेको पाइएको छ ।

छिमेकी देश बंगलादेशमा समेत चर्को मात्राा सुन तस्करी हुने गरेको पछिल्लो एउटा घटनाले पुष्टि गरेको छ ।

बंगलादेशको चटगाउँ बिमानस्थलबाट बिमान बंगलाको शौचालयबाट २३ किलो अवैध सुन बरामद भएको छ । बंगलादेश प्रहरी अधिकारीका अनुसार सोमबार बिहान दुबईबाट आएको बिमानको शौचालयमा बेवारिसे अवस्थामा २३ किलो सुन बरामद भएको हो ।

सोमबार बिहान दुबईबाट आएको बिमानले बंगलादेशको राजधानी ढाका भन्दा २ सय ४२ किलोमिटर दक्षिण पूर्वमा रहेको चटगाँउ बिमास्थलमा अवतरण गरेको थियो । बरामद सुनको बारेमा अनुसन्धान भईरहेको अधिकारीहरुले बताएका छन् ।

७ बर्ष अगाडि

प्रतिक्रिया