काठमाडौं – आन्तरिक राजश्व कार्यालय भक्तपुरले आयकर र मूल्य अभिवृद्धि कर नतिर्ने ८८ जना व्यापारीलाई १५ दिन भित्र कर चुक्ता गर्न आग्रह गरेको छ ।
आयकर र मूल्य अभिवृद्धि कर तिर्न पटक पटक आग्रह गर्दा समेत अटेर गरेर बसेका व्यापारीलाई तत्काल कर तिर्न आग्रह गरेको हो । पटक पटक कर तिर्न आग्रह गर्दा समेत अटेर गरेर बसेका व्यवसायीलाई १५ दिन भित्र कर नतिरेको खण्डमा कानून अनुसार कारवाही गर्ने समेत सो कार्यालयले जनाएको छ ।
सो समयसम्म पनि कर तिर्न नआएको खण्डमा कानूनअनुसार र बाँकी बक्यौता अनुसार असूल उपर गर्ने समेत कार्यालयको सूचनामा उल्लेख छ । सरकारले पछिल्लो समय तोकिएको राजश्व उठाउन समस्या भएपछि कर तिर्न व्यापारीलाई कडाई गरिरहेको छ ।
हरेक दिन जसो सार्वजनिक सूचना प्रकाशित गरेर कर कार्यालहरुले कर तिर्न आउन ताकेता गरिरहेका छन् । राजश्वको लक्ष्य पूरा गर्ने अर्थमन्त्रीको योजनालाई सफल गराउने भन्दै कर कार्यालयहरुले करका लागि ताकेता गरेको स्रोतको दावी छ ।
कर कार्यालयका अनुसार अधिकाशं व्यापारीले मूल्य अभिवृद्धि कर(भ्याट) तिर्न अटेर गर्दै आएका छन् । यस्तै कर तिर्न अटेर गर्दै आएका व्यापरीलाई आन्तरिक राजश्व कार्यालय ठमेलले पनि आज एक सूचना मार्फत १५ दिन भित्र कर तिर्न आउन सूचना जारी गरेको छ ।
सो कार्यालयका अनुसार ती व्यापारीले आयकर र मूल्य अभिवृद्धि कर तिर्न अटेर गदैृ आएका छन् । पटक पटक पत्राचार, फोन सम्पर्क गर्दा समेत कर तिनृ अटेर गरी बसेका व्यवसायीलाई अन्तिम अस्त्रको रुपमा सार्वजनिक सूचना प्रकाशित गरी कर तिर्न आउन सचेत गराएको हो । तोकिएको समयभित्र कर तिर्न नआउने व्यापारीलाई कानूनअनुसार कारवाही गरिने र बाँकी बक्यौता अनुसार कर उठाइने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया