काठमाडौँ – भारतमा रहेका तिब्बती धर्मगुरु दलाई लामा अस्वस्थ भएपछि दिल्लीस्थित एउटा अस्पताल भर्ना भएका छन्।
उनलाई छातीमा सङ्क्रमण भएको तर उनको स्थिति स्थिर रहेको बताइएको छ । उनी ८३ वर्षका भएका छन् ।
उनका सहयोगी तेन्जिन ताक्लाका अनुसार दलाई लामालाई केही अप्ठ्यारो महसुस भएपछि विमानमार्फत् हिमाचल राज्यको धर्मशालाबाट दिल्ली लगिएको थियो।
चिनियाँ शासनविरुद्ध भएको विद्रोह असफल भएपछि ६० वर्षअघि उनी भागेर भारत पुगेका थिए।
प्रतिक्रिया