६४ वर्षपछि सगरमाथाको उचाइ पुनः नापिँदै

७ बर्ष अगाडि

काठमाडौँ – विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्न ६४ वर्षपछि सरकारी टोली आज बुधबार सगरमाथातर्फ जाँदै छ । 

नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतमको संयोजकत्वमा चारजनाको टोली सगरमाथा क्षेत्रतर्फ जाने उचाइ मापन कार्यक्रमका संयोजक सुशील डंगोलले जानकारी दिए । 

उक्त चारजनामध्ये खिमलाल गौतम र रविन कार्की सगरमाथाको टुप्पोसम्म जानेछन् । नेपाल सरकारको तर्फबाट पहिलोपटक सगरमाथाको उचाई मापन गर्न जाने टोलीलाई बुधबार विहान बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिएर विदाई गरेका छन् । 

गौतमले सन् २०११ मा निजामती कर्मचारी सगरमाथा आरोहण दलको सदस्य भई सगरमाथाको आरोहण गरिसकेका छन् । सुरजसिंह भण्डारी र युवराज धिताल भने सगरमाथा आधार शिविरमै बस्ने संयोजक डंगोलले जानकारी दिए । यसअघि सन् १९५४ मा भारतको नापी विभागको टोलीले सगरमाथाको उचाइ नापेको थियो ।

७ बर्ष अगाडि

प्रतिक्रिया