रहेनन्उ द्योगपति दिवाकर गोल्छा, काँग्रेसले दियो श्रद्धाञ्जलि

७ बर्ष अगाडि


काठमाडौं – पूर्व सांसद एवं उद्योगपति दिवाकर गोल्छाको निधन भएको छ । उनको मंगलबार राति भारतको चेन्नईमा उपचारका क्रममा निधन भएको हो । 
उनी मृगौला सम्बन्धी समस्याबाट पीडित थिए । 

स्वर्गीय गोल्छा २०६४ को संविधानसभामा नेपाली कांग्रेसका तर्फबाट सभाषद् थिए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष समेत रहेका स्वर्गीय गोल्छा  नेपालको औद्योगिक क्षेत्रमा एक सम्मानित व्यक्तित्व थिए ।  

उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । सभापति देउवाले उनको निधनबाट नेपालको औद्योगिक क्षेत्रमा अपूरणीय क्षति पुगेको र राष्ट्रले एक कुशल उद्योगपतिलाई गुमाउनु परेको बताएका छन् । 

साथै, उनको आत्माको चीर शान्तिको कामना गर्दै उनका शोक सन्तप्त परिवारजनप्रति  समवेदना प्रकट गरेका छन् ।

७ बर्ष अगाडि

प्रतिक्रिया