धर्मले नै मानिसलाई पापकर्मबाट जोगाउँछ : पूर्वअर्थमन्त्री महत

७ बर्ष अगाडि

काठमाडौँ  – पूर्वअर्थमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले धार्मिक आस्थाले मानिसलाई सत्कर्मको बाटोमा लैजाने भन्दै धर्मले नै मानिसलाई पापकर्मबाट जोगाउने धारणा व्यक्त गरेका छन् । 

नुवाकोटको तारकेश्वर गाउँपालिका–२ स्थित ठूलोपोखरीमा शनिबारदेखि जारी श्रीमदभागवत सप्ताह महायज्ञमा सहभागी हुन पुगेका महतले यस्तो बताएका हुन् । 

‘धर्मको कारणले नै मानिसलाई पापकर्मबाट जोगाउँछ । धार्मिक आस्थाले सत्कर्मको बाटो लैजान्छ’ उनले भने, ‘ धार्मिक सद्व्यवहारले नै  देशलाई विकासशील बाटोमा जानका लागि प्रेरणा दिन्छ ।’

तारुका श्री कृष्ण क्याम्पसको लागि जग्गा खरिद तथा भवन निर्माण र कृष्ण माविमा आइसीटी कक्षा सञ्चालन गर्ने उद्देश्यले गरिएको महायज्ञमा स्थानीयले देखाएको सक्रियताले  शिक्षाप्रतिको लगाव प्रष्ट भएको भन्दै महतले शिक्षाबिना विकास सम्भव नभएको पनि बताए । 

उनले विगतमा आफू अर्थमन्त्री हुँदा यस भेगमा विकास निर्माणका लागि विभिन्न काम गरेको स्मरण गर्दै आगामी दिनमा पनि विकास निर्माणका लागि सक्ने पहल गरिरहने प्रतिवद्धता जनाए । 
उनले क्याम्पस सञ्चालनका लागि आफूले पनि केही दिनमै  सहयोग रकम प्रदान गर्ने पनि प्रतिवद्धता जनाए । 

महायज्ञमा सहभागि हुन काँग्रेस नुवाकोटका युवा नेता रमेश महत पनि तारुका पुगेका थिए ।

७ बर्ष अगाडि

प्रतिक्रिया