काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लव नेतृत्वका दर्जनौँ नेता तथा कार्यकर्तालाई नेकपामा प्रवेश गराएका छन् ।
आज मङ्गलबार आफ्नै निवास खुमलटारमा विप्लव नेतृत्वका दर्जनौँ नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराएका हुन् ।
विप्लव नेतृत्वमा रहेका दर्जनाँै नेता तथा कार्यकर्तालाई नेकपामा प्रवेश गराउदै प्रचण्डले पार्टी प्रवेश गरेका कार्यकर्ताले समयमै सहि निर्णय लिएको बताए ।
नेकपामा प्रवेश गर्न आएका विप्लवका कार्यकर्तालाई पार्टीमा प्रवेश गराउदै प्रचण्डले भने, तपाइहरुले समयमै सहि निर्णय लिनुभयो, मलाई लाग्छ केहिदिनपछि विप्लव पनि यसरी नै आउनु पर्छ । उनले विप्लव पनि यसरी नै पार्टीमा आउनु बाहेक अरु केहि विकल्प नहुने बताए ।
प्रतिक्रिया