काठमाडौं – नेपाली काँग्रेसले राप्रपाको शान्तिपूर्ण र्यालीमा प्रहरीले हस्तक्षेप गरेको प्रति आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।
काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले एक विज्ञप्ति जारी गर्दै ¥यालीका सहभागीलाई मात्र नभएर बाटोमा आवतजावत गर्ने सर्वसाधरणलाई समेत प्रहरीले गरेको लाठीचार्ज गरेको भन्दै आपत्ति जनाएको छ ।
राजनीतिक दल र आम नेपालीले स्वतन्त्रता तथा शान्तिपूर्ण ढंगले आफ्नो माग राख्न पाउने नैसर्गिक अधिकारलाई वर्तमान सरकारले दमन गरी संविधान प्रदत्त हक अधिकारलाई खोस्ने कार्य गर्न खोजेको काँग्रेसले आरोप लगाएको छ ।
‘कुनै पार्टीसँग हाम्रो विचारमा अहसमत हुन सक्छ तर कसैको स्वतन्त्रता माथि अंकुश लगाउने कार्यप्रति नेपाली कांग्रेस सदैव विरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘ प्रदर्शनको क्रममा प्रहरीको दमनबाट घाइते भएका व्यक्तिहरुको नेपाली कांग्रेस संसदीय दल शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।’
प्रतिक्रिया