नेप्सेमा १६ लाख कित्ता शेयर सूचिकृत

७ बर्ष अगाडि

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीका १६ लाख ३ हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

दुई लघुवित्त र १ हाइड्रोपावर गरी तीन कम्पनीको बोनस शेयर सूचिकृत भएको हो ।

आरएसडीसी लघुवित्त वित्तीय संस्था, आरएमडीसी लघुवित्त वित्तीय संस्था र रिडी हाइड्रोपावर कम्पनीको बोनस शेयर सूचीकृत भएको हो । 

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले आरएसडीसीको ५ लाख ७५ हजार ९२० कित्ता, आरएमडीसी लघुवित्त वित्तीय संस्थाको ७ लाख २६ हजार ७२६ कित्ता र रिडी हाइड्रोपावर कम्पनीको ३ लाख ६३३ कित्ता बोनस सेयर सूचीकरण भएको जनाएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया