काठमाडौं – सरकारले सातदेखि आठ प्रतिशतसम्मको आर्थिक वृद्धि हुने दावी गरिरहेको बेला विश्व बैंकले भने सन् २०१९ मा नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशत रहने जनाएको छ । सरकारले घोषणा गरेको भन्दा कम आर्थिक वृद्धिदर हुने प्रक्षेपाण भएकाले आर्थिक वृद्धिदरको तथ्याकंमा नै फरक परेको हो ।
बैंकले सन् २०२१ सम्मको आर्थिक वृद्धिदर प्रक्षेपण गर्दै बैंकले सो आवमा नेपालको ६.२ प्रतिशत रहने प्रक्षेपण गरेको हो । सन् २०२० मा भने नेपालको आर्थिक वृद्धिदर ६.१ प्रतिशत रहने अनुमान अध्ययनले देखाएको छ ।
दक्षिण एशियामा यो अवधिमा सबैभन्दा बढी भारतले गर्ने तथ्यांकमा उल्लेख गरिएको छ । भारतको आर्थिक वृद्धिदर सन् २०१९ मा साढे सात प्रतिशत हुने अनुमान विश्व बैंकले गरेको छ ।
समग्रमा बैंकले दक्षिण एसियाले सन् २०१९ मा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने बताएको छ । आगामी सन् २०२० र २०२१ मा ७.१ प्रतिशतको आर्थिक वृद्धि यो क्षेत्रमा हासिल हुन विश्व बैंकले उल्लेख गरेको छ ।
प्रतिक्रिया