काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणका दुई वटा सहायक कम्पनीको साधारण शेयर बिक्री हुने भएको छ । प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीका दुई कम्पनी रसुवागढी जलविद्युत आयोजना र सान्जेन जलविद्युत आयोजनाले आगामी वैशाख ६ गतेदेखि प्राथमिक शेयर बिक्री गर्ने भएका छन ।
रसुवागढीले सर्वसाधारणको लागि ९३ लाख ३९ हजार ४६७ कित्ता र सान्जेनले ४९ लाख ८२ हजार कित्ता प्राथमिक शेयर जारी गर्ने सूचना आज प्रकाशित गरेका छन् ।
बिक्री बन्द छिटोमा आगामी वैशाख १० गतेसम्म र पहिलो चरणमा बिक्री नभएको खण्डमा जेठ ५ गतेसम्म हुने छ । प्राथमिक शेयरमा आवदेन दिनका लागि नेपाल धितोपत्र बोर्डले आस्वा सुविधा प्रदान गरेका सम्पुर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयरमा खाता हुनेले अनलाइनमार्फत आवदेन दिन सक्ने व्यवस्था मिलाइएको छ ।
सर्वसाधारण शेयरधनीहरुले दुबै आयोजनामा न्यनतम ५० कित्ताको लागि आवेदन दिन सक्नेछन्। त्यस्तै रसुवागढी जलविद्युतको आइपिओमा अधिकतम ५००० कित्ता र सान्जेन जलविद्युतको आइपिओमा अधिकतम २००० कित्तासम्मको लागि आवेदन दिन पाइने व्यवस्था गरिएको छ ।
दुबै आयोजनाको प्रमुख संस्थापक शेयरधनीमा चिलिमे जलविद्युत कम्पनी, नेपाल विद्युत प्राधिकरण र रसुवा जिल्लाका स्थानिय रहेका छन् । संस्थापक तर्फको शेयर पूँजी ५१ प्रतिशत र सर्वसाधारण तर्फको शेयर पूँजी ४९ प्रतिशत रहेको छ ।
प्रतिक्रिया