राष्ट्रिय सूचना प्रविधि केन्द्रको यस्तो लापारवाही: सिफारिस गरियो एउटालाई पठाईयो अर्काे व्यक्तिलाई

७ बर्ष अगाडि

काठमडाौं– राष्ट्रिय सूचना प्रविधि केन्द्रले राहदानी विभागले गठन गरेको एक समितिमा सिफारिस गरेको व्यक्तिलाई नपठाएर अर्कैलाई पठाएको पाइएको छ । 

केन्द्रले सहायक निर्देशक रमेश प्रसाद पोखरेललाई प्रतिनिधिको रुपमा चयन गरेकोमा पछि पठाउँदा भने अर्कै व्यक्तिलाई पठाएको हो । स्रोतका अनुसार उनको ठाउँमा अहिले सुनील पौडेललाई बिना जानकारी पठाइएको हो । 

केन्द्रले पोखरेललाई प्रतिनिधिको रुपमा खटाइएको भन्दै स्पष्ट रुपमा पत्र नै पठाइएर जानकारी गराएको थियो । तर पोखरेललाई नपठाएर अन्तिम अवस्थामा पौडेललाई पठाउँदा भने कुनै जानकारी नगराएको बताइएको छ । 

विभागको राहदानी छपाइ सम्बन्धी कार्यमा प्राविधिक स्पेशिफिकेसन, डाटा इन्टरअपरेशन, व्यवस्थापनको ढाँचा तयार गर्ने, राहदानी पर्सलाइजेशन सफ्टवेयर व्यवस्थापनको ढाँचा तयार गर्ने, लागत अनुमान तयार गर्ने जस्ता कार्यका लागि गठित समितिमा केन्द्रको तर्फबाट प्रतिनिधित्व माग भएबमोजिम पोखरेललाई प्रतिनिधिको रुपमा पठाउने पत्र विभागमा पुगेको थियो । 

७ बर्ष अगाडि

प्रतिक्रिया