ओली–प्रचण्डलाई तथानाम गाली गर्दै विप्लवले गरे बन्दको घोषणा (विज्ञप्तिसहित)

७ बर्ष अगाडि

काठमाडौं– नेकपा महासचिव विप्लवले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रम केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चर्को आलोचना गरेका छन् । 
उनले सोमबार एक विज्ञप्ति जारी गर्दै ओली र प्रचण्डले नेपाली जनतामाथि घात, धोका, वेइमानी, छलकपट गरिरहेको भन्दै आफूहरुलाई नजिस्क्याउन चेतावनी दिएका छन् । 

उनले ओली सरकार र राम बहादुर थापा नेतृत्वको गृह प्रशासनले  पार्टीमाथि गरेको प्रतिबन्ध र दमनको विरोध पनि गरेका छन् । 
  
सरकारले पार्टीमाथि गरेको दमनको प्रतिरोध गर्न  भन्दै विप्लव समूहले संघर्षका कार्यक्रमहरु समेत घोषणा गरेको छ । जसअनुसार बैशाख ५ गते सो पार्टीले नेपाल बन्द समेत आह्वान गरेको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया