दिल्लीसँग पराजित भएपछि कप्तान विराट कोहलीले दिए यस्तो प्रतिक्रिया

६ बर्ष अगाडि

काठमाडौँ – इण्डियन प्रिमियर लिग (आइपीएल)को जारी १२औं संस्करणमा विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेंगलोरले छैठौं हार व्यहोरिसकेको छ । 

आइतबार बेलुका सम्पन्न खेलमा नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटल्ससँग ४ विकेटले पराजित भएसँगै बेंगलोरले जारी आइपीएलमा छैठौं हार व्यहोरेको हो ।

घरेलु मैदान चिन्नास्वामी स्टेडियमा टस हारेर पहिला ब्याटिङको थालेको बेंगलोरले निर्धा्रित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो। जसक्रममा बैंगलोरका कप्तान विराट कोहलीले ३३ बलमा १ चौका र २ छक्का प्रहार गर्दै ४१ रनको योगदान दिए।

तर जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले १ सय ५० रनको विजयी लक्ष्य दिल्लीले १८.५ ओभरमा ६ विकेटको क्षतिमा पुरा गरेसँगै कोहलीको बैंगलोर जारि प्रतियोगितामा जित बिहिन भएको हो। बैंगलोर यो सिजनमा सहभागी टिमहरुमध्ये किंग्स ११ पंजाबसँग मात्र खेल्न बाँकी छ। अन्य सम्पूर्ण ५ टिमसंग बैंगलोर हारिसकेको छ। छैठौं खेलमा समेत हार व्यहोरेपछि कोहलीले टिमको प्रदर्शनप्रति निराशा व्यक्त गरेका छन् ।

छैठौं खेलमा पनि हारेपछि कोहलीले हरेक दिन बहाना बनाउन नसकिने प्रतिक्रिया दिएका छन्। १६० रन सम्म बनाउने सोच आफूले राखेको भएता पनि त्यसो गर्न नसकिएको उनले बताए। कोहलीका अनुसार उनले अन्तिमसम्म क्रिजमा रहने रणनीति बनाएका थिए। तर त्यसो हुन नसक्नु र नियमित अन्तरालमा विकेट झर्नुले १४९ मा अड्किनु परेको उनी स्पष्टोक्ति छ।

कोहली भन्छन्,”मौकाको फाइदा उठाउन सकेको भए हामीले १५० को स्कोर समेत डिफेण्ड गर्थ्यौं। तर त्यसो हुन सक्ने। हामीले म्याचको दिन अहिलेसम्म राम्रो खेल देखाउन सकेका छैनौँ। हरेक खेलमा यस्तै भैरहेको छ। एबी डिभिलियर्स आउट भएपछि मैले इनिङ सम्हाल्नुपर्ने थियो। म अन्तिम ओभरमा आउट भएँ। म विकेटमा रहन सकेको भए २५–३० रन अझै बनाउन सक्थें।”

६ बर्ष अगाडि

प्रतिक्रिया