बसुन्धारामा भेटिएको बम नेपाली सेनाले डिस्पोज गर्याे, पाँच जना नियन्त्रणमा

७ बर्ष अगाडि

काठमाडौँ – बसुन्धारामा भेटिएको सकेट बमलाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । 

बसुन्धाराको ओइसिस क्याफेसँगै जोडिएको दिपमान गुरुङको घरको दोस्रो तलामा रहेको कल्चरल सेन्टरको सोफा मुनि बम भेटिएको हो । गुरुङको घरमा भेटिएको उक्त बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । 

कोठाभित्र झन्डामा बेरेर राखेको बम नेपाली सेनाको टोलीले  बाल्टिनमा बोकेर बाहिर ल्याएको थियो। बाल्टिनमा ल्याएको बम सेनाले सडक छेउमा सुरक्षित डिस्पोज गराएको हो ।

बम भेटीएपछि प्रहरीले पाँच जना मानिसलाई नियन्त्रण लिएर अनुसन्धान गरिरहेको छ।

डिस्पोज गर्दे नेपाली सेना

७ बर्ष अगाडि

प्रतिक्रिया