कुलमानको चेतावनी: देशलाई अँध्यारो बनाउन खेल सुरु गर्नेले बेलैमा बिचार गरुन्

७ बर्ष अगाडि

काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुलमान घिसिङले केहि व्यक्तिले देशलाई फेरि अँध्यारोतर्फ लैजाने खेल खेलिरहेको बताएइका छन् ।

सोमबार प्राधिकरण कार्यालयमा भएको पत्रकार सम्मेलनमा सीईओ घिसिङले ‘विगतमा देशलाई अँध्यारोमा राखेका व्यक्तिले नै केही मिडिया र व्यक्तिलाई परिचालन गरी देशलाई अँध्यारोमा लैजान चाहेका बताएका हुन् ।

उनले भने, ‘विगतमा प्राधिकरण डुबाएका व्यक्तिले अनेक हतियार प्रयोग गरेर हामीलाई डिस्टर्ब गरेका छन् । उज्यालो नेपाल उनीहरुलाई मन परेको छैन । रातदिन नभनी हामी देशलाई उज्यालो बनाइरहेका छौँ । देशलाई अँध्यारो बनाउन चाहनेले बेलैमै विचार गरुन्’ घिसिङले भने ।

७ बर्ष अगाडि

प्रतिक्रिया