काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले क्यानडालाई आँप र कतारलाई नेपालकाे स्याउ खुवाउन सकिने बताएका छन् ।
नेपाल उद्योग परिसंघको १६ औं वार्षिक साधारणसभा उद्घाटन समारोहलाई सोमबार सम्बोधन गर्दै उनले भने, ‘व्यवसायी पनि अब व्यावसायिक कृषिमा लाग्नुपर्छ, कृषिलाई व्यावसायकिरण गर्नुपर्छ । यसमा नोक्सान छँदैछैन, उद्योगमा भन्दा बढी नाफा कृषि व्यवसायमा छ । हामी क्यानडालाई आँप खुवाउन सक्छौं, कतारलाई स्याउ खुवाउन सक्छौं । अरु देशले यस्तो गर्न सक्दैनन् ।’
आफूले सानैदेखि पानी बेचे पैसा आउँछ भनेर सुनेको तर बूढो भइसक्दा पनि पानी बेच्न नसकिएको बताए । ‘पानी बेच्न सकिन्छ भनेर सुनियो मात्रै, पानी बगेको बग्यै छ, बेच्न सकिएन,’ उनले भने ।
प्रतिक्रिया