अर्घाखाँचीमा जीप दुर्घटना २ जनाको ज्यान गयो, १२ जना घाइते

७ बर्ष अगाडि

 बुटवल – अर्घाखाँचीको नुवाकोटमा भएको जीप दुर्घटनामा २ जनाको घटनास्थलमै ज्यान गएको छ भने १२ जना घाइते भएका छन ।

 पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलमा अनुसार भूमिकास्थान नगरपालिका वडा नम्बर ८ नुवाकोटको लात्तेबाजमा लु १ ज १२२९ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका सबै घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल पठाउन थालिएको  छ । घटनामा  घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ ।

सन्धिखर्कबाट प्युठानको बरौला जादै गरेको जीप सडकबाट झण्डै एक सय मिटर तल खसेको हो । ज्यान गुमाउनेहरुको सनाखत हुन सकेको छैन ।

७ बर्ष अगाडि

प्रतिक्रिया