पसलबाट दुई लाखको सामान चोरी

७ बर्ष अगाडि

महोत्तरी – महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा गएराति रु दुई लाखको सामान चोरी भएको छ । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार गएराति पिपरा गाउँपालिका– ६ रतौली बस्ने रामदयाल पूर्वेको घर तथा घरमै रहेको किराना पसलमा चोरी भएको छ ।
    
चोरले घर तथा पसलबाट सुनको झुम्का, सिक्री गरी ९० हजारको गहना, आठ हजारको चाँदीको गहना, तीन हजारको रिचार्ज कार्ड, २९ हजारको लत्ताकपडा र ७० हजार नगद गरी रु दुई लाख मूल्य बराबरको धनमाल चोरी भएको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो । 

७ बर्ष अगाडि

प्रतिक्रिया