महोत्तरी – महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका– १ स्थित बोर्डिङ स्कुलमा आइतबार साँझ खाना पकाउने क्रममा बेहोस भएर लड्दा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मनरासिस्वा नगरपालिका– १ स्थित ग्यालेक्सी बोर्डिङ स्कुलको होस्टेलमा विगत आठ÷नौ वर्षदेखि खाना पकाउँदै आउनुभएका सुरेन्द्र ठाकुरकी पत्नी ४५ वर्षीया उमादेवी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।
आइतबार खाना पकाउँदै गरेको अवस्थामा महिला ठाकुर अचानक बेहोस भई लडेपछि उहाँलाई उपचारका लागि जिल्ला सदरमुकाम जलेश्वर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो । प्रहरीले घटनाको विशेष अनुसन्धान शुरु गरेको र उनको शव सुरक्षित राखिएको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो ।
प्रतिक्रिया