व्यापारीले सरकारलाई झुक्याए : प्रधानमन्त्री ओली

७ बर्ष अगाडि

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले चिनी व्यापारीले झुक्याएको गुनासो गरेका छन्। 

नेपाल उद्योग परी संघको १६ औं वार्षिक साधारणसभामा बोल्दै प्रधानमन्त्री ओलीले चिनी व्यापारीले कालाबजारी गरेको आरोप लगाएका हुन्। 

‘दशैँ, तिहारअघि विदेशबाट आएको चीनीका कारण नेपालको चिनी गोदाममै थन्कियो भनेर गुनासो गरेपछि चिनीको आयातमा रोक लगाइयो। तर नेपालका चिनी व्यापारीले नै कालाबजारी गरे’, उनले भने, ‘६० रुपैयाँ प्रतिकिलोमा बेच्ने चिनीलाई १०५ मा बेचेको पनि पाइयो। यसरी चिनी व्यापारीले सरकारलाई झुक्याए।’

७ बर्ष अगाडि

प्रतिक्रिया