काठमाडौं– काठमाडौंको बसुन्धारा स्थित भित्री सडकमा युवाले गरेको बलात्कार प्रयास अस्विकार गर्दा एक युवतीको ज्यान गएको छ । टोखा नगरपालिका–७ बसुन्धारा स्थित पुरानो सुकुम्बासी टोलमा गएराती साढे ९ बजे टाउकोमा गम्भिर चोट लागेको अवस्थामा एक युवतीको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले जानकारी दिएका छन् ।
‘युवतीमाथी बलात्कार प्रयास भएको देखिन्छ’ एसएसपी पोखरेलले भने, ‘युवतीको नाम ठेगाना पहिचान हुन सकेको छैन, अनुसन्धान भईरहेको छ ।’
गएराती साढे ९ बजे स्थानियले खबर गरेपछी प्रहरी घट्नास्थल पुगेको थियो ।
प्रतिक्रिया