हरिजन चार दिनदेखि सम्पर्कबिहीन

७ बर्ष अगाडि

नवलपरासी – पश्चिम नवलपरासीको सुस्ता–४ नर्सही गाउँ बस्ने १८ वर्षीया बर्माप्रसाद हरिजन शुक्रबारदेखि सम्पर्कबिहीन हुनुभएको छ । सम्पर्कबिहीन हरिजन खोजी गरिदिन पीडित घरपरिवारले सरोकारवालासँग आग्रह गरेका छन् ।

गत चैत २२ गते शुक्रबार बिहान साढे ६ बजे कक्षा ‘इन्टरमिडियट’को परीक्षा दिन भारतको सिसवा बजारका लागि घरबाट साइकलमा हिँडेका हरिजन अहिलेसम्म सम्पर्कमा नआएको उनका काँका महात्तम हरिजनले जानकारी दिनुभयो । हरिजनबारे कुनै पनि सूचना भए नजिकैको प्रहरी तथा सम्बन्धित निकायमार्फत खबर गर्न परिवारजनले आग्रह गरेका छन् । 

७ बर्ष अगाडि

प्रतिक्रिया