धादिङमा सवारी दुर्घटना, २ जनाको मृत्यु, २० जना घाइते

७ बर्ष अगाडि

धादिङको थाक्रे गाउँपालिका ७ दशकिल्लामा गएराति सवा १० बजे ना ५ ख २४६७ नम्बरको बस र ना ६ ख ६५११ नम्बरको ट्रक आपसमा ठोकिंदा २ जनाको मृत्यु भएको छ । दुवै सवारी साधनमा सवार २० जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्रक चालक ललितपुरको सातदोबाटो बस्ने २५ वर्षीय मनोज खड्की र बसमा सवार रौतहटको गौर नगरपालिका ५ की १६ वर्षीया आयुष्मा भट्टराई रहेका छन् । खड्कीको उपचारको लागि अस्पताल ल्याउने क्रममा बाटो मै मृत्यु भएको हो भने भट्टराईको गणेशमान मेमोरीयल अस्पताल ललितपुरमा मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ । घाइते मध्ये ७ जनाको महादेवदेवी पोली क्लिनिक धादिङमै उपचार भइरहेको छ भने अन्य घाइतेहरुको काठमाडौँ र ललितपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया