काठमाडौँ – श्रम तथा रोजगार मन्त्री गोकर्ण विस्टले प्रधानमन्त्री दलाल र तस्करको फन्दामा परे । उनले सही नै भनेका थिए । प्रधानमन्त्रीको सुराकीले मन्त्री विस्टले भनेको भन्दा शतप्रतिशत बढाइ चढाई गरेर सुनाइदिए । मन्त्रिपरिषदको बैठकमा नै विस्टलाई सात्तो खाएका प्रधानमन्त्रीको चरित्र पछिल्लो पटक झन् प्रष्ट भएको छ । प्रसंग हो मलेसियाको बदैशिक रोजगारी ।
प्रधानमन्त्रीको नाम लिँदै केही मानव तस्करले पछिल्लो दिनमा मन्त्री विस्टलाई ठिक पार्ने धम्की दिएका छन् । उनीहरुले प्रधानमन्त्रीले भनेको व्यक्ति वा संस्थालाई मलेसियाको सबै जिम्मेवारी दिनुपर्छ होइन भने मन्त्री पद नै उडाइदिन्छु भन्दै मन्त्री विस्टलाई धम्की दिने गरिएको छ ।
मन्त्री विस्टलाई प्रधानमन्त्रीको नाम लिँदै केही व्यापारीले समेत नियमित जसो थर्काउने गरेका छन् । उनीहरुले मलेसिया कामदार पठाउँदा त्यसअघि गर्नुपर्ने सबै काम आफूहरुले पाउनुपर्ने भन्दै सोही अनुसार निर्णय नभए त्यसबाट पर्ने प्रभावको आकंलन गर्न आफै लाग्नु भन्दै मन्त्री विस्टको मानमर्दन गर्न लागिएको छ । वैदेशिक रोजगारीको नाममा नेपाली यूवा ठगिनबाट जोगाउन मन्त्री विस्टले सकारात्मक प्रयास गरेका थिए । उनले कुनै पनि मानव तस्करले मलेसियाको विषयमा ¥याल नकाढे हुन्छ भन्दै स्पष्ट शब्दमा नै अस्वीकार गरिदिएका थिए ।
तर पछिल्ला लिनमा प्रधामनन्त्री निकटको संस्थालाई सो कामको प्रमुख जिम्मेवारी दिनुपर्छ भन्दै मन्त्रीलाई विभिन्न कोणबाट धम्की एवम् दबाव दिने कार्य जारी रहेको छ । उनीहरुले खुलखुल्ला लुटपाट गर्न पाउनु पर्छ भन्ने शैलीमा प्रस्तुत भएका छन् । प्रधानमन्त्रीको नाम लिँदै नेपाली यूवाको मोलमोलाइ गर्ने प्रवृत्तिको निरुत्साहनका लागि अघि सरेका मन्त्री विस्टलाई नै हटाउनेसम्मका्े धम्की मानव तस्करले दिने गरेका छन् ।
मन्त्री विस्टले अझै पनि विधिमा मात्रै नेपाली कामदारलाई मलेसिया पठाउने बताउँदै आएका छन् । तर उनलाई काम नै गर्न नदिने प्रवृत्ति प्रधानमन्त्री वरिपरीका व्यक्तिबाट स्थापित गरिएको छ । भिएलएनको नाममा नेपालाी यूवा ठग्नेहरु यतिखेर प्रधानमन्त्रीकाृ खास मान्छे बनेका छन् । उनीहरुले प्रधानमन्त्रीको प्रमुख सल्लाहकार विष्णु रिमाल, स्वकीय सचिव राजेश बज्राचार्य तथा जनसम्पर्क सल्लाहकार भन्दै हिड्ने पनि नेपाली युवामाथि दिनदहाडै लुटपाट गर्ने गराउने काममा संक्रिय छन् । उनीहरुले प्रधानमन्त्रीले भनेअनुसार गर्नु होइन भने ठिक हुँदैन भन्दै मन्त्री विस्टलाई धम्क्याउने काममा व्यव्स्त हुने गरेका छन् ।
प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठकमा नै आफूहरु विरुद्ध अर्नगल प्रचार परेको भन्दै तत्काल विवरण दिन भनेका थिए । घटनाक्रहरुले प्रधानमन्त्री तस्करको जालोमा नराम्ररी फसेको देखिन्छ । जसरी भएपनि विवादास्पद व्यापारीलाई नै मलेसियाको सम्पूर्ण काम गर्ने गराउने काममा लगाइएको छ । हामी मन्त्री विस्टले भनेको मान्दैनौ । हाम्रा त प्रधानमन्त्री नै छन् । भन्दै मानव तस्करहरु कहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय त कहिले बालुवाटारमा पुगेर भए नभएका कान भराउने गरेका छन् ।
मन्त्री विस्टले मलेसिया रोकेर मात्रै राख्यो । प्रधानमन्त्रीको पहलमा खुल्यो भन्दै मानव तस्करहरुले समेत मन्त्री विस्टकै कारण नेपालीले दुःख पाएको तथ्य स्थापित गर्ने भरमग्दूर प्रयत्न गरिएको छ । तर सो प्रयत्नले काम गर्ने हो वा होइन भन्ने विषयमा उनीहरु भन्दा बढी चासो प्रधानमन्त्री ओलीलाई परेका छ । ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा दिवंगद भएका आङछिरिङ शेर्पाको नाम लिँदै केही व्यक्तिले समेत मलेसियामा चासो व्यक्त गरेका छन् । सोमबारदेखि विगतमा कलिङ भिषा आएका नेपाली युवा मलेसिया जान पाउने भएका छन् । त्यसको पछाडि पनि प्रधानमन्त्रीको नाम बेच्दै हिड्ने तस्कर सञ्जालका सदस्यहरु रहेका छन् । उनीहरुले मन्त्री विस्टलाई अब भने गलाइयो र हाम्रो स्वार्थ पूरा हुने भयो र प्रधानमन्त्रीको चाहना पनि सुम्बोधन भो भन्दै सुन्धारा र ठमेलका रेष्टुरेन्टमा चर्चा हुने गरेका छ ।
प्रतिक्रिया