लहान – नेपाल राष्ट्रिय विश्वकर्मा समाज सिरहाको चौथो जिल्ला अविधेशनले उमेशकुमार बरालको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा चन्द्रभुषण खाती र गेनीलाल विश्वकर्मा, सचिवमा देवालाल विश्वकर्मा, सहसचिवमा अर्जुन विश्वकर्मा र कोषाध्यक्षमा रिक्मा विश्वकर्मालाई चयन गरेको जनाएको छ ।
अधिवेशनले शिवदयाल विश्वकर्माको संयोजकत्वमा सात सदस्यीय सल्लाहकार समितिसमेत गठन गरेको समाजले जनाएको छ । यसअघि हिजो अधिवेशनको एक कार्यक्रमका बीच राष्ट्रियसभा सदस्य खिमकुमार विश्वकर्माले उद्घाटन गर्नुभएको थियो ।
सो कार्यक्रममा विश्वकर्मा सामुदायिक भवन निर्माणका लागि जग्गा प्रदान गर्नुहुने सिरहाको गोलबजार नगरपालिका–३ जमदह मुसहर्नियाँ निवासी सङ्गीता विश्वकर्मालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
प्रतिक्रिया