दमक – विद्युत् चुहिएर झापाको दमक–३ स्थित गोलाटारका कृष्णप्रसाद गुरागाइको घरमा गए राति आगलागी हुँदा करीब रु छ लाख बराबरको क्षति भएको छ ।
राति ९ बजेतिर अचानक आगलागी हुदा गुरागाईको काठको बेराले बनाएको दुईतले टिनको घरमा क्षति पुगेको थियो । आगोले घरमा रहेको अन्नपात, भाँडावर्तन नष्ट भएको थियो । आगलागी प्रहरी टोली, दमकल र स्थानीयवासीको सहयोगमा करीब एक घण्टापछि नियन्त्रणमा आएको बेलडाँगीस्थित अस्थायी प्रहरी चौकीले जनाएको छ ।
प्रतिक्रिया