काठमाडौं – एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बिक्री गरेको ६० प्रतिशत हकप्रद आजदेखि बिक्री खुला भएको छ । कम्पनीले चुक्ता पूँजी रु एक अर्ब २५ करोडको ६० प्रतिशत अर्थात ७५ लाख ४० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । कम्पनीको हकप्रद शेयर फागुन २१ गतेसम्म कायम शेयरधनीहरुले पाउने छन्।
कम्पनीले वैशाख २९ गतेसम्म बिक्री खुला गर्ने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआइविएल एस क्यापिटलले जनाएको छ । हकप्रद आवेदनका लागि आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट पाइनेछ ।
हकप्रद शेयर निष्काशनपछि चुक्ता पूँजी दुई अर्ब एक करोड रुपैयाँ पुग्नेछ। बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई न्युनतम चुक्ता पूँजी दुई अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएसँगै कम्पनीले हकप्रद र बोनस शेयर मार्फत पूँजी जुटाएको हो । नेपाल इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको हकप्रद भर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले माघ २५ गतेसम्म कायम शेयरधनीहरुको लागि चुक्ता पूँजीको ६५ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ ।
प्रतिक्रिया