काठमाडौं – आर्थिक वर्ष २०७५/७६ सात महिने अवधिमा नेपालको वैदेशिक व्यापार घाटा साढे ७ खर्ब पुगेको छ ।
व्यापार तथा निकासी प्र्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७५/७६ को सात महिनामा नेपालको वैदेशिक व्यापार घाटा ७ खर्ब ८० अर्ब १९ करोड रुपैयाँ पुगेको हो ।
गत आर्थिक वर्षको २०७४/७५ सात महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा नेपालको वैदेशिक व्यापार घाटा २४ दशमलव ३ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ ।
केन्द्रको तथ्यांकअनुसार चालू आर्थिक वर्षको सात महिनामा विभिन्न देशसँग नेपालको ८ खर्ब ८६ अर्ब ३५ करोड रुपैयाँ वैदेशिक व्यापार भएको छ । जसमध्येमा नेपालले विभिन्न देशबाट ८ खर्ब ३३ अर्ब २७ करोड मूल्यको वस्तु आयात गरेको छ भने जम्मा ५३ अर्ब ८ करोड मूल्यको वस्तु निर्यात गरेको छ ।
२०७५/७६ सोही अवधिमा नेपालको वैदेशिक व्यापार २२ दशमलव ७ प्रतिशतले बढेको छ । केन्द्रको अनुसार गत वर्षको तुलनामा नेपालको निर्यात १२ दशमलव ४ प्रतिशतले बढेको छ भने आयात २३ दशमलव ४ प्रतिशतले बढेको छ ।
गत आर्थिक वर्ष २०७४/७५ को सात महिनाको सोही अवधिको तुलनामा चालू आर्थिक १२ दशमलव ४ प्रतिशत निर्यात बढे पनि आर्थिक वर्षको सात महिनामा नेपाल गरेको विश्व बजारसँगको कुल व्यापारमा नेपालले ६ प्रतिशत वस्तु मात्र निर्यात गरेको छ । यसैगरी, कुल विश्व बजारसँग व्यापारमा ९४ प्रतिशत वस्तु आयात गरेको छ । आजको राजधानी दैनिकमा समाचार छ ।
विश्व बजारसँग नेपालको व्यापार घाटा दैनिक बढ्दै गएको छ । नेपालले विश्व बजारबाट धेरै वस्तु आयात गर्ने तर कम निर्यात गर्न हुँदा नेपालको विश्व बजारसँग दैनिक व्यापार घाटा बढ्दै गएको हो ।
प्रतिक्रिया