शिक्षा समृद्ध नेपालको मुलआधार ः  जनार्दन शर्मा

७ बर्ष अगाडि

रुकुम–पूर्वगृहमन्त्री तथा माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरले शिक्षा समृद्ध नेपालको मुलआधार भएको बताएका छन् । 
 रुकुम पश्चिमको चौरजहारीमा आइतबार विद्यार्थीहरुको पोशाक वितरण कार्यक्रमलाई सम्वोधन गर्दै शर्माले यस्तो बताएका हुन् । 
 वामपन्थीको सरकारले शिक्षालाई पहिलो प्राथामितामा राखेको भन्दै विद्यार्थीहरुलाई शिक्षकले गुणस्तरिय शिक्षा प्रदान गर्नुपर्ने बताए । 
उनले  विद्यालयमा अध्यापनरत शिक्षकहरुको क्षमतालाई वृद्धि र विकास गर्नको लागि विभिन्न समयमा  स्थानीय सरकारले तालिमको समेत व्यवस्था गर्ने बताए । 
 माओवादीले चुनावी घोषणा पत्रमा भनेअनुसार जिल्लाका सवै आधारभुत तहमा पोशाक वितरण गरीने बताए । 
 शिक्षा पछि स्वास्थ्य ,भौतिक संरचना  निर्माण  सडक लगायत जनताका आधारभूत आवाश्यकता परिपुर्ति गरीने कुरा समेत उनले दोहोर्याए । 
 ५ वर्षभित्र भेरीनदिलाई वाँध निर्माण गरी सल्यानको सल्लीवजार देखि जाजरकोटको पिपे सम्म जलासय वनाएर पर्यटक भित्राउने लक्ष्य रहेको समेत उनले जानकारी दिए । 
 सोही अवसरमा कोरियन नागरिक डाक्टर पार्क र योनले समेत विद्यालयलाई ५ हजार अमेरिकी डलर हस्तान्तरण गरेका थिए । 
 विद्यालयको क्षैक्षिक व्यवस्थापनको लागी उनीहरुले उक्त रकम विद्यालयका प्रधानाध्यापक कालि वहादुर नेपालीलाई हस्तान्तरण गरेका हुन्

७ बर्ष अगाडि

प्रतिक्रिया