काठमाडौँ – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा आइतबार रोयल च्यालेन्जर्स बेंग्लोरले दिल्ली क्यापिटल्सलाई १५० रनको लक्ष्य दिएको छ ।
घरेलु मैदानमा पहिले ब्याटिङको निम्तो पाएको विराट कोहली नेतृत्वको बेंग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनायो ।
बेंग्लोरका लागि कप्तान कोहलीले सर्वाधिक ४१ रनको योगदान गरे भने मोइन अलीले ३२, आदित्य नाथले १९ र एबि डि भिलियर्सले १७ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् ।
बेंग्लोरलाई दबावमा राख्ने क्रममा दिल्लीका बलर कासिगो रबदाले चार विकेट लिए । उनले चार ओभरमा २१ रन मात्र खर्चिएर ४ विकेट हात पारेका हुन् ।
नेपाली स्पिनर सन्दीप लामिछानेले एक विकेट लिए, तर निकै महंगो बलिङ गरे । उनले चार ओभरमा ४६ रन खर्चिए । दिल्लीका लागि क्रिस मोरिसले २ र अक्सर पटेलले एक विकेट लिए ।
प्रतिक्रिया