बेंगलोरविरुद्ध सन्दीपको पहिलो विकेट

६ बर्ष अगाडि

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछानले रोयल च्लायेन्जर्स बेंगलोरविरुद्ध पहिलो विकेट लिएका छन् ।

विराट कोहली कप्तान रहेको रोयल च्लायेन्जर्स बेंगलोरविरुद्ध लामिछानले सुरुवाती ४ ओभरमा ४६ रन खर्चिएर १ विकेट हात पारेका हुन् । सन्दीपले विकेटका रुपमा इंग्ल्यान्डका अलराउण्डर मोइन अलीलाई आउट गरेका हुन् ।

सन्दीपलाई दिल्लीले १० औं ओभरमा बलिङ गर्न ल्याइएको थियो । मार्कस स्टोइनिसले पहलो बलमै स्टेटमा छक्का प्रहार गरे । दोस्रो बल डट गराउँदा तेस्रो बलमा स्टोइसनिसले १ रन लिदै कप्तान विराट कोहलीलाई स्ट्राईक दिए । अन्य तीन बलमा सन्दीपले तीन रन खर्चिए । सम्रगमा १० रन यस ओभरमा खर्चिए ।

१२ औं ओभरमा सन्दीपले ६ रन खर्चिए तर विकेट लिन सकेनन् । कोहलीले पहिलो,तेस्रो र पाँचौ तथा अलीले दोस्रो,चौथो र छैटौं बलमा ११ गरि सिंगल रन जोडे ।

१५ ओभरको पहिलो बलमा अलीले सन्दीपलाई छक्का प्रहार गरे । सन्दीपले दोस्रो बल डट गराउँदा तेसा्रे बलमा विकेटकीपर ऋषव पन्तबाट स्टम्पिङ आउट गराउँदै आफ्नो नाममा १ विकेट लेखाए । चौथो बलमा अक्षदिपले चौका प्रहार गरे । पाँचौ बल डट गराउँदा छैटौं बलमा १ रन खर्चिए । चौथो ओभरमा उनले १९ रन दिएका थिए ।

रोयल च्यालेन्जर्स बैंगलोरले दिल्ली क्यापिटल्सलाई जितका लागि १५० रनको लक्ष्य प्रस्तुत गरेको छ। 

६ बर्ष अगाडि

प्रतिक्रिया