काठमाडौँ – रिद्धिसिद्धि सिमेन्टको आजबाट औपचारिक उद्घाटन भएको छ ।
शंकर ग्रूप तथा अम्बे ग्रुपको संयुक्त उत्पादन रिद्धिसिद्धि युरोपेली प्रविधिबाट उत्पादित सिमेन्ट हो । यस प्रविधिकै कारण सिमेन्टको गुणस्तरीयमा एकरुपता हुने कम्पनीले जनाएको छ । औपचारीक रुपमा आजैबाट यो सिमेन्ट बजारमा पाइन्छ ।
सिमेन्टको औपचारिक उद्घाटनमा बोल्दै सिद्धिसिद्धि सिमेन्टका निर्देशक आनन्द नेपालले सिमेन्टको उत्पादन प्लान्टमा प्रयोग गरिएको प्रविधि बारे जानकारी गराएका थिए । संसारकै सर्वोत्कृष्ट युरोपेली प्रविधियुक्त प्रक्रियाबाट उत्पादन यस सिमेन्टको गुणस्तरीय एकरुपतामा जोड दिएको निर्देशक नेपालले भने ।
प्लान्टमा प्रयोग गरिएको भर्टिकल रोलर मिल (भिआरएम), सेन्ट्रल कन्ट्रोल रुम टेक्नोलोजी तथा नेपालमा पहिलो पटक प्रयोग गरिएको रोबो ल्याब सिस्टम र लेजर सिल प्याकेजीङ जस्ता प्रविधिले गुणस्तरमा एकरुपता ल्याउने कम्पनीको विश्वास छ ।
रिद्धिसिद्धि प्रालिको स्थापना २०७३ सालमा भएको हो । कम्पनीले हेटौडा र चितवनस्थित आफ्नै चुनढुंगा खानीबाट दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको छ ।
प्रतिक्रिया