दिल्लीले टस जितेर बलिङ रोज्यो, सन्दीप प्लेइङ ११ मा

६ बर्ष अगाडि

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंग्लोरबीच खेल हुँदै छ । बेंग्लोरको एम चिन्नास्वामी रंगशालामा दिल्लीले टस जितेर बलिङ रोजेको छ । 

खेल नेपाली समयअनुसार दिउँसो ४ः१५मा खेल सुरु हुने छ । भारतीय क्याप्टेन विराट कोहलीको बेंग्लोर आज पहिलो जितको खोजीमा हुनेछ । लगातार पाँच खेलमा हार व्यहोरेको बेंग्लोर अंक तालिकाको अन्तिममा छ ।

पाँच खेलमा तीन हार र दुई जित दर्ता गरेको दिल्ली छैटौं नम्बरमा छ । इकोनोमी राम्रो राखिरहेका र प्रत्येक खेलमा विकेट निकालिरहेका नेपाली लेगस्पिनर सन्दीप लामिछाने पनि प्लेइङ ११ मा छन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया