बुलेट ट्रेनको लिक बनाउन  इन्जिनियरले बस टर्मिनललाई ९० डिग्री घुमाइदिए

७ बर्ष अगाडि

एजेन्सी – चीनका इन्जिनियरहरुले बुलेट ट्रेनको लिक बनाउनको लागि एक बस टर्मिनललाई ९० डिग्री घुमाइदिएका छन् ।  

घटना फुजैन प्रान्तमा रहेको बन्दरगाह सहर शियामेनको हो । ३० हजार टन वजनको यस टर्मिनललाई ४० दिन लगाएर ९० डिग्री घुमाइएको हो । यस टर्मिनलको संरचनामध्य पाँच तल्ला जमिनमाथि र दुई तल्ला जमिन मुनि रहेको छ । 

पुरा संरचना ५३१ फुट लामो र ११० फmुट चौडा छ । संरचना सार्दा एक कुनालाई जस्ताको तस्तै छाडिएको थियो तर दोस्रो कुनाभने पहिलेको स्थानबाट ९४५ फुट टाढा सारिएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया