माइक्रोबसका चालकले प्रहरीलाई नै आर्थिक प्रलोभनमा पार्न खोजेपछि...

७ बर्ष अगाडि

काठमाण्डौ    – यही चैत २३ गते २१:१० बजे काठमाण्डौ महानगरपालिका-१५ सितापाईला स्थित सड्क खण्डमा महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने बा.१ झ ७५७८ नम्बरको माइक्रोबसका चालक धादिङ फिदिम ५ का डन बहादुर थापा लाई पक्राउ गरेको छ । 

माईक्रो बसलाई चेकजाँच गर्दा कागजपत्र नभएकाले प्रहरीले कारबाही गर्न खोज्दा कारवाहीबाट बच्न थापाले नगद ५ सय दिई प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए । नगद सहित निजलाई नियन्त्रणमा लिई थप थप अनुसन्धान भईरहेको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया