प्रचण्डलाई आफ्नैको दबाब, तनाव छल्न सुटुक्क सुकुटेमा

७ बर्ष अगाडि


काठमाडौं -  भोटेकोसी किनारको ‘सुकुटे बीच’ र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सम्बन्ध अनौठो छ। राजनीतिक तनाव भयो कि, दाहाल ‘रिफ्रेस’ हुन हरेक पटक सुकुटे पुग्ने गर्छन्। यसपटक पनि दाहाल तनाव साम्य पार्न आइतबार सुकुटे पुगेका छन्।

पूर्वनिर्धारित सहमतिअनुसार राजनीतिक गतिविधि अघि बढे एमाले-माओवादी बीचको पार्टी एकता हुन एक साता मात्रै बाँकी छ। एकतामा जानै लाग्दा दाहालमाथि आफ्नै पार्टीभित्रका नेताको ‘दबाब’ तीव्र छ। एकीकरण हुँदा सैद्धान्तिक रूपमा आत्मसमर्पण भएको नदेखियोस् भन्ने पक्ष त छँदै छ, माओवादी केन्द्रका एक उच्च नेताका अनुसार दाहाललाई यतिबेला सबैभन्दा ठूलो दबाब नेता व्यवस्थापनमा परेको छ। उच्च स्रोतका अनुसार एमालेसँग पार्टी एकतापछि केन्द्रीय तह सानो हुने भएपछि आफूलाई कुनै पनि हालतमा केन्द्रीय तहमा पार्न नेताले दाहाललाई तीव्र दबाब दिइरहेका छन्, अन्नपूर्ण पोस्टमा खबर छ । यो उनको छैटौ सुकुटे यात्रा हो |

७ बर्ष अगाडि

प्रतिक्रिया