पोखरा – गृहमन्त्री रामबहादुर थापाले नेपाल कम्युनिष्ट पार्टी नेतृत्वका नेत्र विक्रम चन्द विप्लवलाई राजनीतिक मूलधारमा ल्याउने तयारी भएको बताएका छन् ।
गण्डकी प्रदेशमा शनिबारदेखि जारी दुई दिने सुरक्षा गोष्ठीमा सहभागी हुन आएका गृहमन्त्री थापाले आइतबार पत्रकारहरूसँग कुरा गर्दै विप्लव समूह शान्ति, सुरक्षा र विकासका निम्ती बाधक भएको उल्लेख गर्दै उनीहरूलाई राजनीतिको मूलधारमा ल्याउने प्रयास भइरहेको जानकारी दिए ।
गृहमन्त्रीले उक्त समूहका असंवैधानिक र गैरकानुनी गतिविधिलाई प्रतिबन्ध गरिएको बताउँदै संविधान र कानुनले नै त्यस किसिमका गैरकानुनी गतिविधिमा प्रतिवन्ध लगाएको स्पष्ट पारे ।
त्यसैगरी, वंशजका आधारमा नागरिकता अदालतको आदेश र संविधान अनुरुप भएकोले शंका नगर्न आग्रह गरेका छन् । उनले जन्मसिद्ध नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानले नागरिकता नपाउँदा समस्या आएको उल्लेख गर्दै उनीहरूले नागरिकता पाउने विषय संविधानमा नै उल्लेख रहेको बताए ।
प्रतिक्रिया