काठमाडौँ – उर्जा,जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले बिदाको दिन पनि अनुगमन गरेको छन् ।
पुनले शनिबार बिदाको दिन रहँदा पनि बाग्मती जलाधार नदी संरक्षण परियोजनाको स्थलगत अनुगमन गरेका हुन् ।
निरिक्षण गरिसकेपछि छलफलको क्रममा उनले भने, बाग्मती सम्पदासँग जोडिएकाले यो आयोजना समयमा बनाउनुपर्छ, यो नयाँ आयोजना पनि हो । हामीले राष्ट्रिय गौरव र विशेष महत्वको आयोजनालाई प्राथमिकतामा राखेका छौँ पुनले भने । बाग्मती सभ्यतासँग जोडिएको आयोजना भएकाले यसमा सबैको चासो रहेको भन्दै पुनले छिटो भन्दा छिटो काम समपन्न गर्ने बताए ।
पुन मन्त्रालय अन्तर्गतका जलविद्युत परियोजना र सिचाईका आयोजनाको निरिक्षणका लागि बिदाको दिनसमेत अनुगमनमा निस्कदै आइरहेका छन् ।
प्रतिक्रिया