तोकिएभन्दा बढी विदेशी मुद्रा बोकेर थाइल्याण्ड जान खोज्ने एकै परिवारका पाँच पक्राउ, यसरी खुल्यो रहस्य

७ बर्ष अगाडि

काठमाडौं – थाइल्याण्ड जाने र त्यहाँ रमाइलो गर्ने भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको एक परिवार प्रहरीको पक्राउपछि यतिखेर राजश्व अनुसन्धान विभागको हिरासतमा पुगेका छन् ।

प्रहरीले शुक्रवार एकै परिवारका पाँच जनालाई पक्राउ गरेको छ । विमानस्थलमा सुरक्षाको लागि खटिएको टोलीले बैंकक जान लागेका श्रेष्ठ परिवारलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुवास श्रेष्ठ, उनकी श्रीमती उमादेवी श्रेष्ठ,  दुई छोरी र एक छोरा छन् ।

मित्रपार्क स्थायी ठेगाना भएका उनीहरु शुक्रवार दिउँसो २ बजे थाई एयरलाइन्सको उडानबाट  बैंकक जाने तयारीमा थिए । प्रहरीले चेक गर्दा श्रेष्ठको साथबाट अवैध रुपमा लैजान लागेको विभिन्न देशका मुद्रा बरामद गरेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट थाई भाट १ हजार दरको १७ वटा, सय दरको १४ वटा, ५० को ११ वटा, २० को ३० वटा  बरामद गरेको छ । त्यस्तै युरो डलर २० को  ६९ वटा, अमेरिकी डलर सयको एक सयवटा र चाइनिज युयान सयको ८ सय वटा बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धानको लागि उनीहरुलाई राजस्व अनुसन्धान विभागमा बुझाएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया