अरुण फाइनान्स अबदेखि 'हाथवे फाइनान्स'मा बदलियो, १८०% हकप्रद निष्कासन गर्दै

७ बर्ष अगाडि

काठमाडौं। अरुण फाइनान्सको नाम परिवर्तन भर्इ हाथवे फाइनान्स भएको छ। अरुण फाइनान्सको एक्काइसौं वार्षिक साधारणसभाले आज हाथवे फाइनान्स हुने प्रस्ताव पारित गरेको जनाएको छ।

अरुण फाइनान्सलार्इ हाथवे इन्भेष्टमेन्टले टेक ओभर गरेको थियो। हाथवेले टेक ओभर गरेसँगै बिहीबारको साधारणसभाले नाम तथा लोगो पनि परिवर्तन गरेको प्रेस बिज्ञप्ती मार्फत जनाएको छ।

साधारणसभाले संस्थापक शेयरधनीहरुको तर्फबाट अम्बिका प्रसाद पौडेल, लिलानाथ अधिकारी र प्रकाश तिवारीलार्इ निर्वाचित गरेको छ।

धरानमा सम्पन्न साधारणसभाले हालको चुक्ता पूँजीको १८० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि पारित गरेको  बिज्ञप्तीमा उल्लेख छ। फाइनान्सले हकप्रद निष्कासन गरेसँगै चुक्ता पूँजी ८४ करोड रुपैयाँ पुग्नेछ।  

७ बर्ष अगाडि

प्रतिक्रिया